काठमाडौं । साहित्य समाज र साहित्य संवद्र्धन केन्द्रद्वारा वर्ष २०७८ को १३ पुरस्कार प्रदान गरिएको छ ।
हरेक वर्षको वैशाख १ गते प्रदान गरिने उक्त पुरस्कार विभिन्न विद्याका श्रष्टालाई आज काठमाडौमा एक समारोहमा वितरण गरिएको हो ।
लेखक तथा साहित्यकार प्रदिप नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्य संवद्र्धन अभिनन्दन–२०७८ गोपीकृष्ण शर्मालाई प्रदान गरिएको थियो ।
त्यसै गरि पुरस्कारहरुमा वसन्त–राधा पद्यकाव्य पुरस्कार–२०६५ रामप्रसाद ज्ञवालीलाई रु ५०,०००/-, हेमकुमारी–दिवाकर समाज सेवा सम्मान–२०६५ नेपाली शिक्षा परिषद्, काठमाडौँलाई रु २५,५५५/-, साहित्य संवद्र्धन द्रष्टा सम्मान–२०७० कृष्णहरि बराललाई रु १५०००/-, हरिहर शास्त्री सावित्रीदेवी पुरस्कार–२०४५ नगेन्द्रराज शर्मालाई रु ५५०००/-, विश्वज्योति सेवा सम्मान–२०७१ रोचक घिमिरेलाई रु ३५०००/-, शारदा सिर्जना पुरस्कार–२०७२ रमा शर्मालाई रु २१०००/-, राधिका–पदम–दुर्गा पुरस्कार–२०७२ नारायण प्रसाद उपाध्यायलाई रु १५०००/-, जम्बकुमारी टीकावल्लभ साहित्य सम्मान–२०७३ उत्तमकृष्ण मजगैयाँलाई रु १५०००/-, गुरु राम प्रसाद श्रेष्ठ साहित्य सम्मान–२०७३ डिल्लीराज अर्याललाई रु १२०००/-, निर्मला–प्रेम बाल साहित्य सम्मान–२०७४ रञ्जुश्री पराजुलीलाई रु १२०००/-, पुण्य–तिलस्मी–सरह दर्शन साहित्य सम्मान–२०७८ विद्यानाथ उपाध्यायलाई रु ११०००/-, नन्द–टुल्की–आनन्द साहित्य सम्मान–२०७८ नारायण तिवारीलाई रु ११०००/-, आमोइ पद्याख्यान पुरस्कार–२०७८ होम सुवेदीलाई रु १५०००/-, प्रदान गरिएको थियो ।

त्यसै गरि उक्त कार्यक्रममा लक्ष्मी मास्केको 'मेरा श्रद्धेय पुर्खाहरू' र 'देवघाटधामको महत्त्व', राजेशमान केसीको 'उत्प्रेरणा' र 'जिन्दगीको यात्रा', सरस्वती गिरीको 'आत्मकथन' नामक पाँच कृतिको लोकार्पण गरिएको थियो ।
श्रष्टा सम्मान कार्यक्रम प्राध्यापक राजेन्द्र सुवेदीको सभापतित्वमा भएको थियो भने कार्यक्रम सञ्चालन दुर्गा प्रसाद नेपालले गरेका थिए ।
पुरस्कारका बारेमा संस्थाका महासचिव विनयकुमार शर्मा नेपालले, सम्मानित स्रष्टाकाबारे रमेश सुभेच्छुले र लोकार्पित पुस्तककाबारे डा. लेख प्रसाद निरौलाले प्रकाश पारेका थिए ।
उक्त कार्यक्रमको संयोजन शव्दार्थ प्रकाशनले गरेको थियो ।