वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय

वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय

२०७८, बैशाख ३ शुक्रवार

  • 1.6K
    SHARES

  • वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय

    वाग्मती । नेकपा (एमाले)वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ ।

    संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, वाग्मती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए । 

    प्रदेश बोर्डमा एमाले संसदीय दल दलका नेता पौडेल, प्रमुख सचेतक  पाण्डे, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरूणप्रसाद नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्वती बाटी रहेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।

    पाण्डेका अनुसार संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री  पौडेलले तीन सदस्य मनोनयन गर्नेछन् । बोर्डमा दलका उपनेता र सचेतक पदेन सदस्य  रहने व्यवस्था रहेको जनाइएको छ । संसदीय दलको आजको बैठकले संसदीय दलको संशोधित विधानलाई पारित गर्ने निर्णयसमेत गरेको प्रमुख सचेतक पाण्डेले बताए।  

    २०७८, बैशाख ३ शुक्रवार१२:४५:३२
    प्रतिक्रिया
    सम्बन्धित समाचार