साझा र विवेकशिलको फेरि एकता, प्रमुख पार्टी बनाउने दावी

साझा र विवेकशिलको फेरि एकता, प्रमुख पार्टी बनाउने दावी

२०७७, मंसिर २४ बुधवार

  • 2.5K
    SHARES

  • साझा र विवेकशिलको फेरि एकता, प्रमुख पार्टी बनाउने दावी

    मंसिर २४, काठमाडौं ।

    नेपाली राजनितिक आकाशबाट अलग भएको २२ महिनापछि फेरि साझा पार्टी र विवेकशील नेपाली दलले एकता गरेका छन् । साझाका तर्फबाट संयोजक रविन्द्र मिश्र र विवेकशीलका तर्फबाट संयोजक मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् ।

    यस अघिको एकिकरणमा विवेकशिलका तर्फबाट उज्वल थापाले हस्ताक्षर गरेका थिए । तर दुवै संयोजक रविन्द्र मिश्र र उज्वल थापाबीच कार्यशैलीका विषयमा मतभेद बढे पछि २७ पुस २०७५ मा फुटेका थिए । 

    यसअघि ११ साउन २०७४ मा पहिलो एकता भएको थियो । 

    एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ ।

    एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे छन् । १३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५/६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३/१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

    एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ ।

    दुबै पक्षको कमजोरीका कारण त्यसबेला राजनीतिक दुर्घटना भएको भन्दै अध्यक्ष मिश्र र संयोजक पाण्डेले अब विकेकशील साझा पार्टीलाई वैकल्पिक मात्र होइन, प्रमुख पार्टी बनाउने उद्घोष गरेका छन् । 

    २०७७, मंसिर २४ बुधवार०५:१९:३२
    प्रतिक्रिया
    सम्बन्धित समाचार