बीबीसी ।
केही सातादेखि भारतमा कोरोनाभाइसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ह्वात्तै बढेको छ।
ज्यानुअरीमा दैनिक कोभिड-१९ पुष्टि हुने सङ्ख्या २०,००० भन्दा कम थियो। तर अहिले दैनिक सङ्ख्या दुई लाख नाघेको अवस्था छ।
पहिलो लहर पश्चात:
-व्यापार र बजार खुलेका थिए तथा यात्रा गर्ने क्रम पनि बढेको थियो ।
-क्लव, मल र व्यायामशाला पुरै सञ्चालनमा आए ।
-होली र कुम्भमेला जस्ता भिढभाड हुने पर्वहरु पनि आयोजित भए ।
मास्क लगाउने र दुरी कायम गर्ने नियम पालना भएन । अहिले त्यसै दुस्परिणमका कारण भारत यो अवस्थामा पुगेको बताइएको छ ।
क्रिटिकल केयर विशेषज्ञ डा सास्वती सिन्हाले अस्पताल पूर्णत अस्तव्यस्त रहेको जनाएकी छन् । बिरामीमा अक्सिजनको मात्रा घटिरहेको छ, तिनलाई भेन्टिलेटरमा राख्नु परिरहेको छ । त्यहिबेला कनिष्ठ चिकित्सकहरुले आईसियुमा डाकिरहेका हुन्छन् । त्यहाँको अवस्था पूर्णरुपमा झस्काउने खालको हुन्छ........।
खासगरि महामारी उत्कर्षमा पुगेका बेला गत वर्षमा हामीले यस्तो अवस्था देखेका थिएनौं । खासगरि भारतका शहरहरुमा स्वास्थ्य प्रणाली अस्तव्यस्त छ । देशभरिबाट जिवनरक्षक औषधि, अक्सिजन र आईसियु सयाको अभावहरु आउन थालेका खबरहरु आउन थालेका छन् । तर बाहिर केहि पनि नभएको जस्तो देखिएको छ ।
सरकारले आपतकालिनअवस्था घोषणा गरेर अघि बढ्न विज्ञहरुले सुझाव दिइरहेका छन् । भारतले अहिलेसम्म १० करोडमात्रा कोभिड खोप वितरण गरिसकेको छ । तर यो गति अझ बढाउन पर्ने देखिएको छ ।
अन्यविज्ञहरु सिमितखालको लकडाउन पनि उचितहुने धारणा राख्छन् । तर भारतमा लकडाउनले जटिलता निम्तिने देखिन्छ । लाखौं मानिसलाई रातारात बेरोजगार बनाईदिन सक्ने जोखिम उत्तिकै छ । तर हामीले त्यो अवस्था आउन किन दिने ? बेड नपाएर भुइँमा छटपटाएको मानिस देख्दा भने पिडादायकस्थिति छ", बीस वर्ष सघन कक्षमा रहेर काम गरेकी सिन्हाले भनिन् ।