काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना कोरोना संक्रमित थपिएका छन् ।
८ हजार ७३८ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ७३६ जनाको नतिजा पोजेटिभ आएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १०२ पुगेको छ भने २५१ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर क्वारेन्टिनमा ८२ जना छन् भने सक्रिय संक्रमितको संख्या ८ हजार ६५९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।