काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ४२८ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।
१० हजार ४४८ वटा नमुना परीक्षण गरिएकोमा २ हजार ४२८ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या १ लाख ९२ हजार १५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २५२ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ३४५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या ३ हजार ११७ पुगेको छ ।
हाल आइसोलेसनमा १२ हजार ६९० जना र क्वारेन्टिनमा ८१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ ।