गीत - म चाकरी गर्न कता मात्र जाऊँ ?          

गीत - म चाकरी गर्न कता मात्र जाऊँ ?          

२०७८, बैशाख ११ शनिवार

  • 3.0K
    SHARES

  • गीत - म चाकरी गर्न कता मात्र जाऊँ ?          

    काठमाडौं । 
    म चाकरी गर्न कति द्वार धाऊँ ?
    झुकी पाउ मोल्न कता मात्र जाऊँ ?
    त्यो पत्थरको मनलाई कसरी पगालौँ ?
    भताभुङ्ग देख्छु कसरी सम्हालौँ ?

    न ता ज्ञानको द्वार नै खुल्छ तिनको
    न सुन्छन् कुनै आग्रह नै कसैको
    न फिर्दो छ शुद्धि न फिर्दो छ बुद्धि
    हजार बिन्तीभाउ न सुन्छन् कुबुद्धि !

    कसी हातपाउ दगुर्ने छ आदेश
    बिगार्ने उनै हुन् बनाउनेमा बन्देज
    कि त ठोक गोली कि फाँसी चढाऊ
    भयो ध्वाँस फुस्रा कसैले नलाऊ

    (-रचनाकार होम प्रसाद गौतम साझा प्रकाशनका महाप्रवन्धक हुन् ।) 

    २०७८, बैशाख ११ शनिवार०९:१८:१६
    प्रतिक्रिया
    सम्बन्धित समाचार