नेपाल बारको राष्ट्रिय सम्मेलन स्थगन

नेपाल बारको राष्ट्रिय सम्मेलन स्थगन

२०७८, बैशाख १३ सोमवार

  • 1.3K
    SHARES

  • नेपाल बारको राष्ट्रिय सम्मेलन स्थगन

    काठमाडौं । नेपाल बार एसोसिएशनले आगामी जेठ १४, १५ र १६ गते पोखरामा आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलन कोभिड–१९ का कारण स्थगित गर्ने निर्णय गरेको छ । बारको शुक्रबार बसेको बैठकले कानून व्यवसायीहरूको राष्ट्रिय सम्मेलन कोभिड–१९ का कारण अर्को सूचना नआएसम्मलाई स्थगित गर्ने निर्णय गरेको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । 

    बारमा प्रत्येक नयाँ कार्यसमितिले कानून व्यवसायीको राष्ट्रिय सम्मेलन गरी कानून क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी कार्यदिशा तय गर्ने गर्दछ । वर्तमान कार्यसमितिले आएपछि कोरोनाका जोखिमका कारण राष्ट्रिय सम्मेलन गर्न पाएको थिएन । आगामी जेठमा राष्ट्रिय सम्मेलन तय भएको भए पनि कोभिडका कारण तत्कालका लागि स्थगित गरेको छ ।  

    २०७८, बैशाख १३ सोमवार०७:०२:४९
    प्रतिक्रिया
    सम्बन्धित समाचार