दाङको बबई गाउँपालिका अनिश्चितकालिन लकडाउन 

दाङको बबई गाउँपालिका अनिश्चितकालिन लकडाउन 

२०७८, बैशाख १३ सोमवार

  • 1.5K
    SHARES

  • दाङको बबई गाउँपालिका अनिश्चितकालिन लकडाउन 

    तुलसीपुर । बबई गाउँपालिकामा आज बिहानदेखि लागू हुने गरी लकडाउन गरिएको छ ।

    गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लकडाउन गरिएको गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिए । 

    गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ ।

    स्थानीय प्रशासन, उद्योगी, व्यापारीसँग समन्वय गरेर गाउँपालिकाले लकडाउन गरेको प्रेस संयोजक राम्जाले जानकारी दिए ।

    यस अघि गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर ओलीकी पत्नि श्रीमती युवा ओलीको आइतवार मात्र कोरोनाका कारण निधन भएको थियो ।

    २०७८, बैशाख १३ सोमवार०८:२६:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार