जापानमा विगत २४ घण्टामा करिब पाँच हजार कोभिड–१९ सङ्क्रमित

जापानमा विगत २४ घण्टामा करिब पाँच हजार कोभिड–१९ सङ्क्रमित

२०७८, बैशाख १५ बुधवार

  • 2.6K
    SHARES

  • जापानमा विगत २४ घण्टामा करिब पाँच हजार कोभिड–१९ सङ्क्रमित

    टोकियो । जापानमा मङ्गलबार साँझसम्म कोभिड–१९ सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या थप चार हजार ९५० पुगेको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीहरूले उपलब्ध गराउको तथ्याङ्कले देखाएको छ ।

    विश्वव्यापी महामारीले पुनः विश्वका अन्य मुलुकहरूमा प्रभाब पारे झै जापानमा पनि कोभिड सङ्क्रमित हुने र यसका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । 

    मङ्गलबार मात्र भाइरस सङ्क्रमित ५५ जनाको मृत्यु भएको र यससँगै कोभिड–१९ सङ्क्रमित १० हजार ८० जनाको मृत्यु भइसकेको छ ।

    जापानमा अहिलेसम्म पाँच लाख ७६ हजार ६१० कुल सङ्क्रमित भएको राष्ट्रिय तथ्याङ्कले देखाएको छ ।

    स्वास्थ्य मन्त्रालयले अहिले गम्भीर समस्या भई भेन्टिलेटरमा राखिएका ब्यक्तिको सङ्ख्या ९१६ रहेको देखाएको छ । जापानको राजधानी टोकियो, ओसाकालगायतका क्षेत्रमा सङ्क्रमण दर बढी रहेको छ । -एजेन्सी । 

    २०७८, बैशाख १५ बुधवार०६:३७:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार