तीन प्रदेशसभा सदस्यसहित एक कर्मचारीमा कोरोना सङ्क्रमण

तीन प्रदेशसभा सदस्यसहित एक कर्मचारीमा कोरोना सङ्क्रमण

२०७८, बैशाख १५ बुधवार

  • 981
    SHARES

  • तीन प्रदेशसभा सदस्यसहित एक कर्मचारीमा कोरोना सङ्क्रमण

    गण्डकी । गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    प्रदेशसभामा मङ्गलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिइन् ।

    मङ्गलबारको बैठकको शुरुमै नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य राजीव पहारीले कोरोना परीक्षण गरेर मात्र बैठक चलाउन माग गरेसँगै सत्तापक्षीय सदस्यहरूले बैठक अवरुद्ध गरेका थिए ।

    प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गतको बैठकको कार्यसूचीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम रहेको थियो ।

    बैठक अवरुद्ध भएपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पिसिआर परीक्षण गरेपछि मात्रै बैठक चलाउने सहमतिबमोजिम मङ्गलबार प्रदेशसभा सदस्य एवम् कर्मचारीको पिसिआर परीक्षण गरी आज १ बजेका लागि बैठक बोलाइएको छ । पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण देखिएमा उक्त सदस्यले छलफलमा भाग लिन नपाउने तर मतदानमा भने भाग लिने गरी सहमति भएको छ ।

    २०७८, बैशाख १५ बुधवार०१:०५:०७
    प्रतिक्रिया
    सम्बन्धित समाचार