काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी धर्मपत्नि सिता दाहाल अस्पताल भर्ना भएकी छिन् ।
शरिरमा सोडिएमको मात्रा कमी हुनुका साथै पिसाबमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले फेसबुकबाट जानकारी दिएकी छन् ।
उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
“आमालाई दुई दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र पिसाबमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ । अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ । चासो व्यक्त गरी स्वास्थ्यलाभ र शुभेच्छा प्रदान गर्नुहुने सबैमा आभार तथा धन्यवाद,” गंगाले फेसबुकमा लेखेकी छन् ।
लामो समय देखि पार्किन्सनकी बिरामी रहेकी सिताको गएको पुसमा भारतको नयाँदिल्लीमा उपचार गरिएको थियो ।