राष्ट्रिय वाणिज्य बैंक मोबाइल बैंकिङ्ग महामेलाका विजयीहरु घोषणा

राष्ट्रिय वाणिज्य बैंक मोबाइल बैंकिङ्ग महामेलाका विजयीहरु घोषणा

२०७८, बैशाख १५ बुधवार

  • 1.0K
    SHARES

  • राष्ट्रिय वाणिज्य बैंक मोबाइल बैंकिङ्ग महामेलाका विजयीहरु घोषणा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड मोबाइल बैंकिङ्ग महामेलाका विजयीहरु घोषणा गरिएको छ ।

    मोबाइल बैंकिङ्गको प्रवद्र्धनको लागि २०७७ चैत ५ गतेदेखि २०७८ बैशाख ५ गते सम्म(एक महिना) एफवान सफ्टको सहकार्यमा संचालन भईरहेकोे मोबाइल बैंकिङ्ग महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम बुधबार एक समारोहका बिच घोषणा गरिएको हो । 

    सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइलैण्ड भ्रमणको कपल टुर(४ एन ५ डी) मेगा पुरस्कार प्याकेज पाएका छन् ।

    यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी (एम जिरो १ कोर) ब्राण्डको एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गर्नु हुने भएको छ । 

    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा मोवाइल बैंकिङ्ग महामेला कार्यक्रम संचालन गरिरहेको छ ।

    यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । रा.वा.बैंकसंग खाता खोली मोवाइल बैंकिङ्ग( राष्ट्रिय वाणिज्य बैंक स्मार्ट) बाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको छ । 

    कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्डुकार लगायतको उपस्थिति रहेको थियो ।

    हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।

    २०७८, बैशाख १५ बुधवार०४:२०:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार