काठमाडौं । नेपाल स्काउटले नेपालका सबै पालिकाहरुमा संयोजक तोकेको छ। नेपाल स्काउटले बुधवार पत्रकार सम्मेलन आयोजना गरेर नेपालका ७५३ वटा स्थानीय तहका संयोजकहरुको नाम सार्वजनिक गरेको हो।
बैशाख ९ गते बसेको नेपाल स्काउटको बैठकले सातै प्रदेसका सबै स्थानीय तहमा नेपाल स्काउट नियमावली -२०७७ अनुसार संयोजक चयन गरेको हो।
प्रदेशस्तरीय स्काउट आधारभुत तालिमबाट करिब ४ हजार भन्दा बढी युवाहरुलाई स्काउट मास्टर उत्पादन गरे संगै ७५३ वटै स्थानिय तहका सबै सामुदायिक विद्यालयमा नेपाल स्काउट विस्तार गर्न लागेको रास्ट्रिय संयोजक लोक बहादुर भण्डारीले जानकारी दिएका छन।
स्थानीय स्काउट समितिले आफ्नो क्षेत्राधिकार भित्रको प्रत्येक विद्यालयमा स्काउट गठन गरी ६ वर्षदेखि २५ वर्षका युवाहरुलाई स्काउटमा समेटिने बताउदै नेपाल स्काउटका रास्ट्रिय संयोजक लोक बहादुर भण्डारीले स्काउटको २०६८ सालयता बनेका सम्पूर्ण स्थानीय परिषद् तथा स्थानीय कार्यसमितिलाई खारेज गरिएको जानकारी दिएका थिए।
नेपाल स्काउटको संरक्षक प्रधानमन्त्री रहेका छन् । त्यसै गरि स्थानिय निकायमा पालिका प्रमुख संरक्षकको भुमिकामा रहने छन् भने उपप्रमुखले स्काउट प्रमुख हुने नीतिगत व्यवस्था रहेको छ ।