पोखरा । गण्डकी प्रदेश सांसद दीपक मनाङेले खेलुकद मन्त्रीको शपथ लिएका छन् ।
मनाङेलाई केहिबेर अघि प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश खेलकुद मन्त्रीको सपथ खुवाएका हुन् ।
स्वतन्त्र प्रदेश सांसद मनाङेले मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुंग विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
हिजो दिनभर नै प्रदेश सभाले नाटकिए मोड लिइरहँदा उनी प्रदेश बैठकमा अनुपस्थित थिए ।
यस सँगै हालका मुखयमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फेल हुने सम्भावना बढेको छ ।