उच्च प्रतिफल दिने मकैको बीउ उत्पादन शुरु

उच्च प्रतिफल दिने मकैको बीउ उत्पादन शुरु

२०७८, बैशाख १७ शुक्रवार

  • 2.3K
    SHARES

  • उच्च प्रतिफल दिने मकैको  बीउ उत्पादन शुरु

    बाँके । थोरै जमिनमा उच्च प्रतिफल दिने उच्चजात (हाइब्रिड)का मकैका बीउ जिल्लामा उत्पादन शुरुआत भएको छ । रामपुर–१० जातको बीउ उत्पादन शुरु भएको गेट नेपालले जनाएको छ ।

    सो संस्थाका प्रमुख टिकाराम उपाध्यायले धेरै उत्पादन हुने रामपुर–१० जातको मकैका बीउ उत्पादन शुरु भएको बताए । धान, गहुँ, मकै, मुसुरो, मुङ र तरकारीखेतीमा काम गर्दै आएको सो संस्थाले यस वर्षदेखि मकैको हाइब्रिड बीउ उत्पादन गर्न थालेको हो ।

    बीउ उत्पादनका लागि सिमिट-एनसाफको प्राविधिक सहयोग रहेको जनाइएको छ । जिल्लाको कोहलपुर र डुडुवा गाउँपालिका मकैको बीउ उत्पादन गर्न शुरु गरिएको हो ।

    संस्थाका प्राविधिक तेज खड्काले चितवनस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको समन्वय र सहकार्यमा नयाँ जातको बीउ उत्पादन गरिएको बताए । उनले भने“ शुरुआती चरणको बीउ उत्पादनको नतिजा राम्रो निस्किएको छ । यही अनुभवका आधारमा बीउ उत्पादन विस्तार गर्छौ । ”

    डुडुवा २ बेतहनी सन्तलियापुरका कृषक राजेन्द्रप्रसाद वर्माले हाइब्रिड रामपुर–१० मकैको उत्पादन राम्रो रहेको जानकारी दिए । उनले लगाएको मकैको अवलोकन गर्दै कृषि अनुसन्धान निर्देशनालय खजुराका प्रमुख अमर पुनले यो किसिमको अनुसन्धान नयाँ रहेको र लगानी र उत्पादन कस्तो देखिने हो भन्ने हेर्न बाँकी रहेको बताए । 

    कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले रामपुर जातको मकैको उत्पादन राम्रो हुने जानकारी दिए । उनले प्रदेश सरकारले उत्पादनमा आधारित कार्यक्रममा प्रति केजी रु २५ अनुदान समेत दिएको बताए ।

    बीउ विजन प्रयोगशाला खजुराका प्रमुख दिलीप सिंहले भारतीय हाइब्रिड मकै भन्दा वढी नै उत्पादन दिने जानकारी दिए । प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना मकै जोनका कफिल अहमदले किसानको माग हाइब्रिड रामपुर–१० मा अत्याधिक रहेको बताए । हाल मकै जोन अन्तर्गत १० हेक्टरमा सो जातका मकै प्रर्दशनका लागि लगाइएको उनले जानकारी दिए ।

    २०७८, बैशाख १७ शुक्रवार०६:०२:०५
    प्रतिक्रिया
    सम्बन्धित समाचार