उपत्यकाको निषेधाज्ञामा आजदेखि थप कडाइ 

उपत्यकाको निषेधाज्ञामा आजदेखि थप कडाइ 

२०७८, बैशाख १९ आइतवार

  • 1.1K
    SHARES

  • उपत्यकाको निषेधाज्ञामा आजदेखि थप कडाइ 

    काठमाडौं । उपत्यकामा प्रशासनले लगाएको निशेधाज्ञामा आजदेखि थप कडाइ गरिने भएको छ। सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै प्रशासनले थप कडाइ गर्ने तयारी गरेको हो ।

    काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीकानुसार अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएको छ। यसलाई थप कडाइ गर्दै लानेछौं । 

    यसैबीच, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निषेधाज्ञाको समयमा सवारी चापलाई कम गर्न बैंक तथा वित्तीय संस्थाहरुका एक चौथाइ शाखाहरु मात्रै सञ्‍चालन गर्न दिने निर्णय गरेको छ। त्यसमा पनि एक चौथाइ कर्मचारी राख्‍नु पर्ने र त्यसको पनि सहजीकरण नेपाल राष्ट्र बैंक गर्नुपर्ने भनिएको छ ।

    यस्तै, सरकारी कार्यालयमा पनि एक चौथाइ मात्रै कर्मचारी राखेर सञ्‍चालन गर्न भनिएको छ ।

    त्यसै गरि पत्रकारहरुले समाचार संकलनका क्रममा अनिवार्यरुपमा सुचना विभागद्धारा जारी प्रेस कार्ड बोक्नु पर्ने भएको छ । 

    कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् । मन्त्रिपरिषद् बैठकले थप एकसाता निषेधाज्ञा लगाउने निर्णय गरिसकेको छ ।

    २०७८, बैशाख १९ आइतवार०९:०५:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार