बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् ।
आज दिउँसो प्रदेश प्रमुख धर्मनाथ यादवले दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा (१) बमोजिम नियुक्त गरेका हुन् ।
केहिवेर अघि संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षर सहित पोखरेलले प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए ।
उनले आज विहान मात्र संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए ।
