मकवानपुरमा चार स्थानीय तहमा निषेधाज्ञा

मकवानपुरमा चार स्थानीय तहमा निषेधाज्ञा

२०७८, बैशाख २० सोमवार

  • 1.9K
    SHARES

  • मकवानपुरमा चार स्थानीय तहमा निषेधाज्ञा

    टिस्टुङ । मकवानपुरमा आजदेखि यही वैशाख ३१ गतेसम्मका लागि चार स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ ।

    हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा गए मध्यरातबाट निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा १० स्थानीय तह छन् ।

    यही वैशाख १७ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा लागू भएका क्षेत्रमा अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कन पाइने छैन भने अत्यावश्यक उपभोग्य वस्तु खरीदका लागि बिहान ५ः०० देखि ९ः०० बजेसम्मको समय तोकिएको छ ।

    २०७८, बैशाख २० सोमवार१२:०४:११
    प्रतिक्रिया
    सम्बन्धित समाचार