राष्ट्रपतिबाट विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन आग्रह

राष्ट्रपतिबाट विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन आग्रह

२०७८, बैशाख २० सोमवार

  • 1.3K
    SHARES

  • राष्ट्रपतिबाट विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन आग्रह

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छन् ।

    राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगत्लाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत देश र जनताका सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छन् ।

    २०७८, बैशाख २० सोमवार०१:५३:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार