वैशाख २१, काठमाडौं । भोलि वैशाख २२ र पर्सी २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ ।
संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद सचिवालयले जनाएको छ ।
वैशाख २७ गते प्रतिनिधिसभाको विशेष बैठकलाई लक्षित गरेर सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।
चिकित्सकले दिएको सूझावका आधारमा संसद बैठक बस्नु अगावै कोरोना परीक्षण गर्न लागिएको हो ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।