चीनद्वारा स्वास्थ्य–विमा नियमनका लागि महत्वपूर्ण कानून स्वीकृत

चीनद्वारा स्वास्थ्य–विमा नियमनका लागि महत्वपूर्ण कानून स्वीकृत

२०७७, मंसिर २६ शुक्रवार

  • 1.8K
    SHARES

  • चीनद्वारा स्वास्थ्य–विमा नियमनका लागि महत्वपूर्ण कानून स्वीकृत

    मंसिर २६, बेइजिङ ।

    चिकित्सा संस्था र बिमादारहरूको अधिकार र जिम्मेवारी परिभाषित गर्ने मेडिकल विमा कोषसम्बन्धी एक प्रमुख मस्यौदा नियमावलीलाई चिनियाँ राज्य परिषद्को बुधबार बसेको बैठकले स्वीकृत गरेको छ ।

    मस्यौदाले मेडिकल विधेयकहरूको समयमै व्यवस्थापन गर्नुका साथै विमा कोषहरूको तुरून्त बाँडफाँडको काम गर्नेछ ।

    यसले विमा जालसाझीलाई विभिन्न माध्यमबाट जरिवाना र मेडिकल प्रमाणपत्र खारेजसमेत गर्न सक्ने प्रावधान रहेको छ । 

    बेइजिङ, तियानजिन, हेबेईलगायतका १० प्रान्तस्तरीय क्षेत्रले मेडिकल–विमा कोषहरूको सुपरिवेक्षणका लागि वैधानिक विशेष संस्थाको गठन गरिसकेका राष्ट्रिय स्वास्थ्य सेवा सुरक्षा प्रशासनले जनाएको छ ।

    “सेवामुखी यस मस्यौदाको उद्देश्य मेडिकल बीमा कोषको जनताको वैधानिक अधिकारको रक्षा, चिकित्सा बीमा कोषहरुको निरीक्षण र सुदृढीकरणको रहेको छ,” राष्ट्रिय स्वास्थ्य सुरक्षा अनुसन्धान संस्थानका सह–व्यवस्थापक यिंग याझेनले भने । -एजेन्सी । 

    २०७७, मंसिर २६ शुक्रवार०६:५०:२३
    प्रतिक्रिया
    सम्बन्धित समाचार