जापानको टोकियोमा पहिलो पटक एकैदिन छ सय सङ्क्रमित

जापानको टोकियोमा पहिलो पटक एकैदिन छ सय सङ्क्रमित

२०७७, मंसिर २६ शुक्रवार

  • 2.5K
    SHARES

  • जापानको टोकियोमा पहिलो पटक एकैदिन छ सय सङ्क्रमित

    मंसिर २६, टोकियो । 

    जापानको राजधानी टोकियोमा बिहीबार पहिलो पटक एकैदिन कोरोनाभाइरसबाट छ सयभन्दा बढी सङ्क्रमित भएका छन् । 

    दैनिक सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले सबैलाई आग्रह गरेका छन् ।

    टोकियोमा मात्रै ६०२ जना सङ्क्रमित भएको दिन देशभरी भने दुई हजार ८१० जना सङ्क्रमित भएका छन् । 

    जापानमा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कुल एक लाख ६८ हजार ५७३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ४६५ जनाको मृत्यु भएको छ । 

    “अवस्था अझै सामान्य भएको छैन, बरु थप गम्भीर भएको छ, यसलाई हेलचक्रयाई नगरौँ ।” टोकियोका गभर्नर यूरीको कोइकेले भने । उनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरेका छन् ।- एजेन्सी । 

    २०७७, मंसिर २६ शुक्रवार०६:५३:४८
    प्रतिक्रिया
    सम्बन्धित समाचार