दोलखा भीमसेनमा १९ औं पटक पसिना,देशमा अनिष्ट हुने धार्मिक मान्यता

दोलखा भीमसेनमा १९ औं पटक पसिना,देशमा अनिष्ट हुने धार्मिक मान्यता

२०७८, बैशाख २५ शनिवार

  • 2.5K
    SHARES

  • दोलखा भीमसेनमा १९ औं पटक पसिना,देशमा अनिष्ट हुने धार्मिक मान्यता

    दोलखा । भीमेश्वर मन्दिरका देवता भीमसेनलाई  पसिना आएको छ। दोलखा भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ।

    यसअघि २०७७ मंसिर ९ गते १८ औं पटक र २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो।

    २०७७ मंसिर पछि पाँच महिना नपुग्दै एकै वर्षमा दुई पटक पसिना आएकोले देशमा अनिष्ट हुने गुठियारहरुले अनुमान लगाएका छन् ।

    गत वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ।

    आज (शनिबार) मध्यान्ह सवा १२ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ । भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १९ औं पटक पसिना आएको बताएका छन् ।

    भीमेश्वरको शिलाको दायाँ - बायाँ दुवै भागबाट पसिना आएको उनले बताए।

    २०७८, बैशाख २५ शनिवार०२:०७:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार