काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८,४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ जनाको पीसीआरमा ८,२८७ र ९८९ एन्टिजेन परीक्षणमा १३१ गरी ८,४१८ जनामा संक्रमण पुष्टि भएको हो ।
सोहि समयमा कोरोनाबाट ५३ जनाको मृत्यु भएको छ ।
योसँगै आजसम्म सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ ।