काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न आकस्मिक रुपमा स्थायी कमिटी बैठक बस्ने भएको छ ।
शनिबार साँझ सातदोवाटो स्थित एन्फा एकाडेमीमा बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो । यसका लागि अन्तिम छलफल गर्न नेता नेपाललाई अख्तियारी दिइएको थियो ।
तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् । यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक बस्ने सांसद झपट रावलले बताएका छन् ।
वैशाख २७ अगावै प्रधानमन्त्री ओली २८ फागुन यताको निर्णय रद्ध गर्न तयार नभए नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा गर्ने तयारी भएको बताइएको छ ।