काठमाडौं ।
कोरोना शहर हुदै गाऊँगाऊँ चम्कन थालेपछि
तस्करी र काला व्यापारी लस्कन थालेपछि
सतीले सरापेको देश गर्नै नदिने असत्तिहरुले
गरे त चोरहरुले कमिशनमा मस्कन थालेपछि ।-१
*************************
स्वास्थ्य अवस्था दिन दिनै खस्कन थालेपछि
डाक्टर, नर्स र स्वास्थ्यकर्मी ठस्कन थालेपछि
भेन्टिलेटर, अक्सिजन र औषधिको अभावमा
मर्न थाले नागरिक र सरकार झस्कन थालेपछि ।-२
***************************
भटाभट खातै खात लाशले मन चस्कन थालेपछि
बाल बृध्द गरिव अशक्तको मन झस्कन थालेपछि
निजी अस्पतालले एक -दुई -दश -बीस हजार हैन
हेर त लौ लाख लाखको बिल पस्कन थालेपछि ।-३
———————————
(-पन्त साहित्यमा कलम चलाउने शिक्षाकर्मी हुन् ।)