काठमाडौं । नेकपा एमाले भित्रको विवादलाई चर्चित हास्य कलाकार सुरज चापागाईँ 'बान्द्रे'ले कडा टिप्पणी गरेका छन् ।
कोरोना महामारीले जनता असुरक्षित बन्दै गएको अवस्थामा सत्ताधारी पार्टी एमालेको माधव समूहले सांसद पदबाटै राजिनामा दिई ओली सरकार ढाल्ने योजना सहि नभएको उनको भनाई छ ।
कलाकारिताको रंगमञ्चभन्दा बाहिर आएर बान्द्रेले लेखेका छन्, "जनताले बहुमत दिएर पठाएका नेता अनि बहुमतको सरकार भएर पनि सरकार चलाउन नसके पछि राजिनामा दिने नेताज्यूहरुमा मेरो बिनम्र अनुरोध, अहिले राजिनामा दिएर सरकार ढलिसकेपछी फेरि जनतासामु भोट माग्न नजानु, राजनीतिबाटै सिधै सन्यास लिएर काँशी जानु उपयुक्त हुन्छ यति गर्नुभयो भने देश अनि जनताको भलो हुनेछ ..........।"