मंसिर २६, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पेशागत जिल्ला कमिटि अध्यक्ष प्रेमप्रसाद पराजुलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंसिर २४ गते गरिएको पिसिआर परिक्षणमा उनलाई कोरोना भाइरस देखिएको हो । रिपोर्ट विहिवार आएको हो ।
उनमा मंसिर २२ र २३ गते सामान्य ज्वरो देखिएको थियो ।
कोरोना पोजिटिभ देखिए पछि पराजुली घरमै बसेर घरेलु औषधि सेवन गर्दै आराम गरिरहेका छन् ।
उनका अनुसार शरीर कमजोर भएको महशुस भइरहेको छ । जसका लागि रोग सँग लड्ने खानेकुरा भिटामिन, आइरन तथा गेडागुडीको रस थप बढाउन खेजिएको तर खाना अरुचीले केहि असहज महशुस भइरहेको पनि पराजुलीले बताएका छन् ।
त्यसै गरि उनले आफ्नो सम्पर्कमा आएका पार्टीका नेता, कार्यकर्ता तथा अन्य सबैलाई विशेष सजग रहन आग्रह गरेका छन् ।