नेपाल समूह अधिवेशनमा अनुपस्थित हुने

नेपाल समूह अधिवेशनमा अनुपस्थित हुने

२०७८, बैशाख २७ सोमवार

  • 1.2K
    SHARES

  • नेपाल समूह अधिवेशनमा अनुपस्थित हुने

    काठमाडौं । नेकपा(एमाले) माधवकुमार नेपाल समूहका सांसद आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने भएका छन् ।

    सिंहदरबारस्थित संसद् भवनमा बसेको सो समूहको बैठकले प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधिसभाको विघटन गरेको, राजनीतिक दललाई विभाजन गराउन खोजेको र भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै विश्वासको मत नदिने निर्णय गरेको हो । 

    विश्वासको मत लिने एक दिन अगाडि अध्यादेशबाट संवैधानिक अङ्गमा नियुक्ति गरेको तथा लोकतन्त्रलाई कमजोर तुल्याएको आरोप लगाउँदै आफूहरुले उनलाई विश्वासको मत दिनुहुन्न भन्ने निर्णय गरेको र उहाँ प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने माग गरेको नेता भीमबहादुर रावलले जानकारी दिए ।

    सो समूहमा २२ जना प्रतिनिधिसभा सदस्य रहेको जनाइएको छ । 

    २०७८, बैशाख २७ सोमवार११:३२:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार