मंसिर २६,काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४१४ जनामा गरिएको परीक्षणमा १ हजार ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २७१ रहेको छ भने हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।