विश्वासको मतका लागि मत विभाजन जारी 

विश्वासको मतका लागि मत विभाजन जारी 

२०७८, बैशाख २७ सोमवार

  • 1.5K
    SHARES

  • विश्वासको मतका लागि मत विभाजन जारी 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि मत विभाजन प्रक्रिया जारी रहेको छ । मत विभाजनका लागि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।   

    मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन  तरिका व्यवस्था गरिएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्रस्तुत गरी उक्त प्रस्तावका पक्षमा मतदान गर्न आग्रह गरेका थिए । 

    विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ ।

    प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत आवश्यक छ । मत बराबर भएका खण्डमा सभामुखले निर्णय मत दिनुहुने छ, अन्यथा २६६ सांसदले मतजाहेर गर्नेछन् ।

    नेकपा (एमाले)का १२१, नेकपा (माओवादी केन्द्र)का ४८, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकएक तथा स्वतन्त्र एक सांसदलाई मताधिकार छ ।

    यद्यपि एमाले माधव पक्षका केहि सांसदहरु अनुपस्थित रहेका कारण प्रधानमन्त्रीले एमालेको सबैमत नपाउने भएका छन् । 

    २०७८, बैशाख २७ सोमवार०५:४५:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार