एमालेको माधव नेपाल समूह कायरहरुको समूह मात्र हो - डा. बाबुराम भट्टराई

एमालेको माधव नेपाल समूह कायरहरुको समूह मात्र हो - डा. बाबुराम भट्टराई

२०७८, बैशाख २८ मंगलवार

  • 3.0K
    SHARES

  • एमालेको माधव नेपाल समूह कायरहरुको समूह मात्र हो - डा. बाबुराम भट्टराई

    काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले माधव नेपाल समूह सहि र बेठिक छुट्याउन नसक्ने कायरहरुको समूह भएको बताएका छन् । 

    सोमवार माधव नेपाल लगाएतका नेताले प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएर ठीक नगरेको बरु बेठीकको समर्थन गरेजस्तै भएको भट्टराईको भनाई छ । 

    बरु अनुपस्थितिले कायरता मात्र प्रदर्शन गरेको उनले भनेका छन् ।

    उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘ठीक र बेठीक वीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठीकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो। कहिले बेठीकहरू बीचमा नै संघर्ष पर्दा बढी बेठीकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म हो ! अहिले ओलीप्रवृत्ति बेठीकमध्ये बढी बेठीक छ; अत: विरोध गरौं।’

    २०७८, बैशाख २८ मंगलवार०९:०७:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार