कोरोना अपडेट : एकै दिनमा २२५ जनाको मृत्यु, ९,४८३ जना संक्रमित 

कोरोना अपडेट : एकै दिनमा २२५ जनाको मृत्यु, ९,४८३ जना संक्रमित 

२०७८, बैशाख २८ मंगलवार

  • 2.2K
    SHARES

  • कोरोना अपडेट : एकै दिनमा २२५ जनाको मृत्यु, ९,४८३ जना संक्रमित 

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ ।

    यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

    एकै दिन पुष्टि गरिएको र विगत २४ घण्टाको अवधिमा मृत्यु भएका यी दुवै सङ्ख्या हालसम्मकै उच्च हो।

    २०७८, बैशाख २८ मंगलवार०५:५९:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार