विश्वभर कोभिडबाट ३३ लाख ३१ हजारको मृत्यु, भारतमा २ लाख ५० हजार माथि

विश्वभर कोभिडबाट ३३ लाख ३१ हजारको मृत्यु, भारतमा २ लाख ५० हजार माथि

२०७८, बैशाख २९ बुधवार

  • 1.8K
    SHARES

  • विश्वभर कोभिडबाट ३३ लाख ३१ हजारको मृत्यु, भारतमा २ लाख ५० हजार माथि

    लन्डन । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको महामारीका कारण विश्वभर ३३ लाख ३१ हजार व्यक्तिको मृत्यु भएको छ । कूल १६ करोड ४ लाख व्यक्ति कोरोना संक्रमित भएकामा करिब १३ करोड ८१ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।

    साथै, करिब एक लाख व्यक्ति विश्वभर गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेका छन् ।

    कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म ५ लाख ९६ हजार ९४६ जनाको मृत्यु भएको छ ।

    त्यसपछिका निकै असर परेका मुलुकहरुमध्ये ब्राजिलमा ४ लाख २५ हजार, भारतमा २ लाख ५४ हजार, मेक्सिकोमा २ लाख १९ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २३ हजार, रसियामा १ लाख १३ हजार र फ्रान्समा १ लाख ६ हजार व्यक्तिको मृत्यु भएको छ । 

    युरोप र उत्तर अमेरिकामा कोभिड–१९ विरुद्धको खोप अभियान तिब्र पारिएसँगै कोरोनाभाइरसको संक्रमण र मृत्युदर दुबैमा कमी आएको छ ।- एजेन्सी । 

    २०७८, बैशाख २९ बुधवार०१:३०:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार