आठ दशक पुग्न लागेका देउवाले एमाले फुटाउँदा लोकतन्त्र र कांग्रेसलाई कति फाइदा पुग्ला ? - रिजाल

आठ दशक पुग्न लागेका देउवाले एमाले फुटाउँदा लोकतन्त्र र कांग्रेसलाई कति फाइदा पुग्ला ? - रिजाल

२०७८, बैशाख २९ बुधवार

  • 1.4K
    SHARES

  • आठ दशक पुग्न लागेका देउवाले एमाले फुटाउँदा लोकतन्त्र र कांग्रेसलाई कति फाइदा पुग्ला ? - रिजाल

    काठमाडौं । नेकपा एमाले नेता विष्णु रिजालले काँग्रेस सभापति देउवालाई २०५९ साल सम्झन आग्रह गरेका छन् । नेकपा एमाले विवाद चरम उत्कर्षमा पुगिरहँदा एमाले फुटाएर वा राजिनामा गराएर सरकार बनाउने सुविधामा देउवा छन् ।

    २०५४ मा उत्साहका साथ एमाले फुटाएको कांग्रेस २०५९ मा आफैँ फुटेको थियो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई पार्टीगत सहमतिका आधारमा १३६ सांसद जुटाएर नयॉ सरकार बनाउने सुविधा छ । तर, जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउन खोजेमा भविष्यमा आफ्नो पार्टीको हालत पनि त्यही हुन्छ भन्ने कांग्रेसलाई संझना गर्न रिजालले चुनौति दिएका छन् ।  

    "यसै पनि शेरबहादुर देउवाका नाममा सत्ताकै लागि भक्तबहादुर रोकायलाई गायब पारेको, राप्रपाका सांसदलाई बैंकक पठाएको, सांसदहरू किनेको, इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएको, सांसदलाई पजेरो सुविधा दिएको र पछि पार्टीले सरकार छाड्न निर्देशन दिंदा पार्टी नै छाडिदिएको जस्ता कीर्तिमान कायम छन् । अवाञ्छित तरिकाले बनाएको र जोगाएको सरकार ०५३ मा आफ्नै पार्टीका दुई सांसद अनुपस्थित भएर अवाञ्छित तरिकाले नै ढालेको सम्झना हुनुपर्ने हो ।

    चारपटक प्रधानमन्त्री भइसक्नुभएका र आठ दशक पुग्न लाग्नुभएका देउवाले बहुदलीय प्रजातन्त्रलाई बद्नाम बनाउने त्यस कालखण्डलाई फेरि पछ्याउन खोज्दा लोकतन्त्र र कांग्रेसलाई कति फाइदा पुग्ला ?", उनले प्रश्न गरेका छन् । 

    २०७८, बैशाख २९ बुधवार०५:१७:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार