काठमाडौं । माधव नेपाल पक्षधरले सामूहिक राजिनामाको कुरा उठाए पछि नेपालको राजनीति थप पेचिलो बनेको छ । राजिनामाको विषय नेकपा एमाले भित्रको लडाईँमात्र नरहि राष्ट्रीय राजनीतिलाई नै प्रभाव पार्ने भएपछि थप पेचिलो बन्दै गएको हो ।
राजीनामा पछाडि मूलत: तीनवटा कुराले प्रष्ट काम गरेको देखिएको छ । पहिलो, नेकपा माओवादी केन्द्रका शक्तिशाली मानिएका नेताहरु रामबहादुर थापा लगाएतका नेताहरु बाहिरिँदाको पिडा प्रचण्डलाई मात्र थाहा छ । तसर्थ उनी यो क्षतिपुर्ति माधव नेपाल पक्षका अझ प्रतिभावान युवा नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल लगाएतका नेता भित्र्याएर पुरा गराउन चाहन्छन् । यसका लागि उनी पार्टीको नामै फेर्न पनि तयार छन् ।
दोस्रो, पुष्पकमल दाहाल, माधव नेपाल, भीम रावलहरुको आक्रोश हेर्दा पार्टी जेसुकैहोस् भोलि परेको बेहोर्दै जाउँला । तर आजभने ओलीलाई सत्ताबाट गलहत्याए पछि मात्र आफ्नो आवेग शान्त हुने मनस्थितिमा उनीहरु देखिएका छन् ।
तेस्रो, सत्ता भन्दा टाढा बस्न नरुचाउने देउवा मुखमा आएको गाँस जस्तो देखिएको सरकारको यात्रामा देखिएका काँडा पन्साउन सबै किसिमका अस्त्र फ्याल्न लागिरहेका छन् । जसका लागि सारथी माधव नेपाल र भीम रावल बन्न पुगेका छन् ।
राजनीति सँधै एउटै रेखामा कुद्दैन भने जस्तै विद्यार्थीकाल देखिकै चर्चित नेताहरु योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले माधव नेपाल र भीम रावलका गतिवधिहरु नजिकबाट नियालिरहेको पाईएको छ । प्रचण्डसँगको मधुर उठबसले पार्टीलाई घाटा पु्ुर्यायो ओलीसँग फाइट खेलेर हैन, वार्ता र सम्वाद मार्फत सहकार्य गर्दै अगाडी बढ भन्ने जनताको आवाजलाई पक्कै पनि उनीहरुले नजरअन्दाज गर्दैनन् भन्ने आम नेपालीको विश्वास छ ।
"नेतृत्यमा आउन नेतृत्व सँग सहकार्य गर । नेतृत्वमा आए पछि आफ्ना विचार फैलाउ", घनश्याम र योगेशलाई कार्यकर्ताको सुझाव देखिन्छ । तर वर्तमान अवस्थामा 'गाँस छोड्नु तर साथ नछोड्नु' भन्ने उखानले मात्र उनीहरुलाई चिमोटिरहेको देखिएको छ । यसैगरि नेताहरुले परिस्थिति बिगार्दै देखाईदिने जस्ता ढंगले अगाडि बढे आफ्नो साथ नरहने योगेश, गोकर्ण टिमले प्रष्ट पारेपछि माधव नेपाल र भीम रावल तनावमा रहेको बुझिएको छ ।
अतः इतिहासमा २०७७ वैशाख २७ गते प्रतिनिधि सभामा अनुपस्थित हुँदै आफ्नै सरकार ढाल्ने 'गद्धार' उपमा पाएको आफ्ना कामलाई कसरी पुष्ट्याईँ गर्ने भन्ने तनावमा माधव समूह गुज्रिएको देखिएको छ नै । आफ्ना समूहका साँसदहरु आफुले जे भन्यो त्यही मान्छन् भन्ने माधव नेपाल र भीम रावलको बुझाई नै गलत थियो भन्ने कुरा योगेश, गोकर्णहरुले थप कस्ता कदम चाल्लान् त्यसैमा निर्भर रहने छ ।