चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमाले स्थाई कमिटी बैठकको निर्णय

चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमाले स्थाई कमिटी बैठकको निर्णय

२०७८, बैशाख ३० बिहिवार

  • 2.0K
    SHARES

  • चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमाले स्थाई कमिटी बैठकको निर्णय

    काठमाडौं । नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेको कारवाही फुकुवा गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  

    गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले छ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो ।

    उनका अनुसार बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

    २०७८, बैशाख ३० बिहिवार११:४०:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार