बुढानिलकण्ठमा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता

बुढानिलकण्ठमा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता

२०७८, बैशाख ३० बिहिवार

  • 1.7K
    SHARES

  • बुढानिलकण्ठमा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

    व्यवसायी क्याप्टेन रामेश्वर थापाको बुढानिलकण्ठ  चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ ।

    पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो ।

    बिहीबार एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो ।

    दुई नेताको भेटले राजनीतिले नयाँ कोर्स निर्धारण गर्ने अपेक्षा गरिएको छ । 

    २०७८, बैशाख ३० बिहिवार०२:२३:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार