इश्वर पोखरेल पुनः उप-प्रधानमन्त्री

इश्वर पोखरेल पुनः उप-प्रधानमन्त्री

२०७८, बैशाख ३१ शुक्रवार

  • 3.2K
    SHARES

  • इश्वर पोखरेल पुनः उप-प्रधानमन्त्री

    काठमाडौं । नेकपा एमाले महासचिव इश्वर पोखरेल पुनः उपप्रधानमन्त्री पदमा नियुक्त भएका छन् । 

    आज शीतलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई उपप्रधानमन्त्रीको सपथ खुवाउनु भएको हो । 

    त्यस्तै, प्रधानमन्त्री ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । यसैगरी राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई समेत सपथ खुवाउनु भएको थियो ।

    वैशाख २७ गते बहुमत गुमाएका ओली ठूलो दलको संसदीय नेताको रुपमा बिहीबार पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।

    राष्ट्रपति भण्डारीले बिहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । 

    २०७८, बैशाख ३१ शुक्रवार०३:२६:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार