काठमाडौं । काठमाडौं मिनभवनमा अवस्थित निजामती अस्पतालमा कोभिड उपचारका लागि १५० वटा बेड संचालनमा आउने भएको छ ।
वागमति प्रदेश सरकार र काठमाडौं महानगरपालिकाको सहकार्यमा निजामती अस्पताललाई कोभिड अस्पतालको रुपमा बिकास गर्ने निर्णय भएको हो ।
आज एक कार्यक्रमका बीच सामाजिक विकास मन्त्रालय राज्यमन्त्री डा. रामकुमार अधिकारी, प्रदेश मुख्य सचेतक दीपक निरौला, प्रदेश सांसद गणेश प्रसाद दुलाल र कामपा-३१ का वडा अध्यक्ष नारायण प्रसाद भण्डारीको उपस्थिति एवं अग्रसरतामा निजामती अस्पताल र वागमती सामाजिक विकास मन्त्रालयका वीच कोभिड बेड संचालन सम्झौतामा हस्ताक्षर भएको हो ।
तत्कालै अस्पताललाई १५० वटा कोभिड-१९ वेड सञ्चालन गर्न वाग्मती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले अनुदान सहयोग स्वरुप रू. २,२४,५०,०००्/- उपलब्ध गराउने सम्झौतामा जनाइएको छ ।

