काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४,६६९ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८,५२० जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।