पाल्पा । रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले नागरिक सुरक्षाको लागि विकास खर्च कटाउन तयार रहेको बताएका छन् । लायन्स क्लव रामपुरले रामपुरमा शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
नगर प्रमुख थापाले भने, विकास खर्च कटाएर भए पनि नयाँ भेरियन्टसहित फेलिएको कोभिड १९ (कोरोना भाइरस) नियन्त्रण गर्नको लागि नगरपालिका लागि परेको छ ।
लायन्स क्लव अफ रामपुरले आयोजना गरेको कार्यक्रममा लायन्स क्लव रामपुर पाल्पाका पूर्व अध्यक्ष दुर्गा प्रसाद भट्टराई र नेपाल रेकक्रस सोसाइटी रामपुर उपशाखाका सभापति मनोरथ भट्टराई आफ्नो जन्मदिनको उपलक्ष्यमा रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विजय परियारलाई ७ वटा पिपिई सेट हस्तान्तरण गरेका थिए ।
रामपुर अस्पतालका अध्यक्ष बासुदेव भट्टराईले लायन्स क्लबका समाज प्रतिको क्रियाशिलताका लागि धन्यवाद दिएका थिए ।
हस्तान्तरण कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापा, क्लव अफ रामपुरका संस्थापक अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, लायन्स क्लव आफ रामपुरका पूर्व अध्यक्ष दोवराज तिवारी, विष्णु प्रसाद पौडेल, लायन्स क्लव अफ रामपुरका अध्यक्ष खिम बहादुर केसी, पुरुषोत्तम, नेपाली काँग्रेसका रामपुर नगरपालिकाका नगर सभापति नेत्र प्रसाद भट्टराई लगाएतको उपस्थित रहेको थियो ।
लायन्स क्लव अफ रामपुरका अध्यक्ष खिम बहादुर केसी पुरुषोत्तमको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सदस्य लायन गोविन्द प्रसाद भट्टराईले गरेका थिए ।