इटलीका गृहमन्त्री सङ्क्रमित भएको तथ्य ‘गलत’ सावित

इटलीका गृहमन्त्री सङ्क्रमित भएको तथ्य ‘गलत’ सावित

२०७७, मंसिर २७ शनिवार

  • 1.3K
    SHARES

  • इटलीका गृहमन्त्री सङ्क्रमित भएको तथ्य ‘गलत’ सावित

    मंसिर २७, रोम ।

    इटलीका गृहमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको भनिएकोमा अहिले आएर ‘गलत’ सावित भएको छ । 

    यसै हप्ताको सुरुमा उनलाई कोरोना परीक्षण गर्दा सङ्क्रमण देखिएको भनिएकोमा त्यो सही नभएको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका हुन् । 

    “उनलाई गत सोमबार लुकिना लमोर्गेसमा पिसिआर टेष्ट गर्दा कोरोनाभाइरसबाट सङ्क्रमण भएको देखाइएको थियो । तर अहिले त्यो विवरण गलत रहेछ भन्ने देखिएको छ,” सरकारी अधिकारीहरुले भनेका छन् । 

    पहिलो परीक्षण सोमबार गरेपछि बुधबार र बिहीबार दुई दिन फेरी परीक्षण गर्दा भने सङ्क्रमण नदेखिएको हो । 

    “सङ्क्रमण पुष्टि भएको तीन, चार दिनमा नै फेरी सङ्क्रमण नदेखिनुले उनीलाई पहिला पनि सङ्क्रमण भएको थिएन, विवरण मात्रै झुटो देखिएको हो भन्ने निश्कर्ष निकालिएको छ,” एक अधिकारीले भने ।  

    इटलीमा यसअघि क्षेत्रीय मामिला मन्त्री फ्रान्सेस्को बोकियालाई अक्टोबरमा कोरोनाभाइरसको सङ्क्रमण भएको थियो ।  

    कोरोनाभाइरसको महामारीबाट अत्यन्त धेरै प्रभावित भएको मुलुकमा पर्ने इटलीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म ६२ हजारभन्दा बढीको मृत्यु भएको छ । 

    सरकारी अधिकारीहरुका अनुसार इटलीमा अहिलेसम्म झण्डै १८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।- एजेन्सी ।  

    २०७७, मंसिर २७ शनिवार०६:५५:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार