कार्यदल गठनका लागि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

कार्यदल गठनका लागि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

२०७८, जेठ २ आइतवार

  • 1.3K
    SHARES

  • कार्यदल गठनका लागि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

    काठमाडौँ, २ जेठ । दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता शुरु भएको छ ।

    नेकपा (माओवादी केन्द्र) सँगको एकता (२०७५ जेठ ३) पूर्वका अवस्थामा दलका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने नेता नेपाल पक्षको अडानलाई कसरी सम्बोधन गर्न भन्ने विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुँदै आएको छ ।

    अध्यक्ष ओली र नेपालले कार्यदल गठन गरी विवाद समाधानको उपाय निकाल्ने तयारी गर्दै आएका छन् ।

    २०७८, जेठ २ आइतवार०३:२३:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार