शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या १७१ जना, २८ जना भए संक्रमणमुक्त

शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या १७१ जना, २८ जना भए संक्रमणमुक्त

२०७८, जेठ ३ सोमवार

  • 3.0K
    SHARES

  • शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या १७१ जना, २८ जना भए संक्रमणमुक्त

    काठमाडौं । शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ  गते सम्ममा ७९ जना महिला र ९२ जना पुरुष गरि कुल १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ६३ जना महिला र ७३ जना पुरुष गरि १६३ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ।

    हाल सम्म नगरपालिकामा ४ जना पुरुष र ३ जना महिला गरि ७ जनाको कोरोनको कारण ज्यान गएको छ भने १३ जना पुरुष र १५ जना महिला गरि २८ जनाले कोरोना जितेको उल्लेख गरिएको छ ।हाल सम्म ५८ जना महिला र ६४ जना पुरुष गरि कुल १२२  जना होम आइसोलेसनमा रहेका छन् भने ५ जना महिला र ९ जना पुरष गरि कुल १४ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।

    सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म ४१ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन् ।

    उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका छन् । 

    २०७८, जेठ ३ सोमवार०७:१६:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार