ब्रेक्जिटपछिको व्यापार सम्झौता ‘अझै सम्भावना’

ब्रेक्जिटपछिको व्यापार सम्झौता ‘अझै सम्भावना’

२०७७, मंसिर २७ शनिवार

  • 1.3K
    SHARES

  • ब्रेक्जिटपछिको व्यापार सम्झौता ‘अझै सम्भावना’

    मंसिर २७, लन्डन ।

    यूरोपेली यूनियन (ईयू) बाट बेलायत बहिर्गमन भएपछि गरिने भनिएको व्यापार सम्झौता हुने अझै सम्भावना रहेको जर्मनी तथा आयरल्याण्डका विदेशमन्त्रीले शुक्रबार बताएका छन् । 

    बेलायती प्रधानमन्त्री बोरिस जोनसन र ईयूको उच्च नेतृत्वले व्यापार सम्झौता टारिने वातावरण देखिएको भनी धारणाहरू आइरहेको समय ईयू सदस्य राष्ट्रका ती विदेशमन्त्रीहरूले सम्झौताको सम्भावना रहेको बताएका हुन् । 

    जर्मनीका विदेशमन्त्री हेइको मासले भने, “सम्झौताका आधारहरू कठिन मोडमा रहेका भएपनि हामीले विश्वास गरेका छौं कि अझै सम्झौताको सम्भावना टरेको छैन ।” 

    “सम्भावनाको चर खुला रहँदासम्म हामीले आशावादी रहनुपर्छ र वार्तालाई निरन्तरता दिनुपर्छ,” उनले आफ्ना जर्मन समकक्षी साइमन कोभेनीसँगको भेटपूर्व बर्लिनमा बताए ।  

    जर्मनीका विदेशमन्त्री कोभेनीले पनि बेलायतसँगको भविष्यको सम्बनध र व्यापार सम्झौता हुन अझै सम्भावना रहेको विश्वास व्यक्त गरे ।-एजेन्सी ।  

    २०७७, मंसिर २७ शनिवार०६:५८:०९
    प्रतिक्रिया
    सम्बन्धित समाचार