बेलायतले क्वारेन्टिन अवधि घटाउने

बेलायतले क्वारेन्टिन अवधि घटाउने

२०७७, मंसिर २७ शनिवार

  • 1.2K
    SHARES

  • बेलायतले क्वारेन्टिन अवधि घटाउने

    मंसिर २७, लन्डन । 

    बेलायतले विदेशबाट आउने यात्रुहरू र कोभिड–१९ सङ्क्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन एकान्त (सेल्फ–आइसोलेसन) तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने शुक्रबार जानकारी गराएको छ । 

    वेल्समा यस पहिल्यै यो नियम लागु गरिएको छ । अब भने संयुक्त अधिराज्य ९बेलायत० का इङ्ल्याण्ड, स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड तीनै राज्यमा कोभिड नियन्त्रणका लागि लिइएको नयाँ नियम सोमबारदेखि लागु हुनेछ । 

    कोभिड–१९ का विरामीहरूको समस्यालाई चिकित्सकीय विधिबाट अनुसन्धानपछि १० दिन मात्र क्वारेन्टिन बस्नुपर्ने नियम लागु गर्दा कुनै फरक नपर्ने ठहर बेलायतले गरेको हो ।

    कार्डिफ, एडिनबर्ग र बेलफास्टको सरकारहरूले भने आफ्नै स्वास्थ्य नीति तय गरेका छन् र भाइरसको फैलावट रोक्न विभिन्न प्रतिबन्धहरू लागू गरेका छन् । 

    “सङ्क्रमितले पनि १० दिनसम्म सामाजिक दूरी कायम गरी अलग बसेमा उसलाई घर वा काममा फर्किन अनुमति दिनेछौँ” बेलायती वरिष्ठ चिकित्सा अधिकारीहरूले बताए । सङ्क्रमण नियन्त्रणका लागि क्वारेन्टिन र सेल्फ आइसोलेसन बस्नु महत्वपूर्ण भएको उनीहरूले बताए । 

    बेलायतमा विगत २८ दिनमा सङ्क्रमित ५१६ जनाको मृत्यु भएको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमित ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कूल सङ्क्रमितको सङ्ख्या करिब १८ लाख पुगेको छ । 

    यो हप्ताको सुरुमा सरकारले फाइजर र बायोएनटेकद्वारा उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपलाई मान्यता दिएपछि देशभरका ७३ अस्पतालमा एकै पटक खोप सेवा सुरु गरिएको थियो । -एजेन्सी । 

    २०७७, मंसिर २७ शनिवार०७:०२:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार