अझ कति डर दिन्छौ विश्ब हैरान भैगो
सकल नि म हुँ भन्नेको पनि सान गैगो
डर छ सलह कोरोना कतै बाडी पैरो
धप धप अति गर्मि ज्यानको शक्ति गैगो।
कहि अति छ नि वर्षा गर्मि हावै नचल्दा
झन झन थपिदै छ रून्छ सारै यो मन्ता
अझ कति सहने हो भो असाधै अथाहा
डर छ अधिक कोरोना नै भयो है मताहा ।
हिडडुल हटि गैगो भेट घाटै हरायो
नजिक रहन खोज्दा यो मन झन डरायो
खर खर अव आए चाड पर्वै सदा झैँ
समूह नर नाता हुन्न आउन जानै ।
डर छ हट्न थाल्ने होकि संस्कार हाम्रा
अव जन तन पाल्ने छैन है काम राम्रा
नत पसल नत विज्नेस् स्वदेशै वा विदेश
कहि पनि मन थाम्ने छैन रोज्गार वेश।
कसरीनी अव वाच्ने आयको स्रोत छैन
अवत हट्न आटो भन्न नै पाइँदैन
बनन् अवत शान्ति त्रास चाडै हटाउ
अवत गरन माया कत्ति वन्छौ नि हाउ ।।
केदार नेपाल
टेम्के मैँयुम- ७, वानुवा
हाल: इटहरी- ५, सुनसरी