काठमाडौं । कोरोना भाइरसका कारण देश ठप्प हुनेदिशातिर उन्मुख बन्दै गएको छ । भाईरस नियन्त्रणका लागि कोरोना 'चेन ब्रेक' गर्नु पर्ने अवस्थाकै कारण मुलुक ठप्प तिर गएको हो ।
मानिसको स्वासप्रश्वासबाटै सर्ने घातक रोग भएका कारण मानिस- मानिस बिचको भेटघाटलाई टुटाउने विधि नै भाईरस नियन्त्रणको मुख्य उपाय हो । भारतमा महामारी बढ्दै गए पछि त्यसको सिधा असर नेपालको तराई क्षेत्रमा पर्यो ।
फलतः वैशाख १३ गते बाँकेबाट शुरुवात भएको लकडाउन हाल ७४ जिल्लामा पुगेको छ । अब लकडाउन नभएका जिल्लाहरुमा मनाङ, खोटाङ र तेह्रथुम मात्रै छन् ।
सरकारले पहाडी क्षेत्रमा २०० र तराई क्षेत्रमा ५०० जना संक्रमित भेटिए लकडाउनको अधिकार प्रमुख जिल्ला अधिकारीलाई सुम्पेको छ । त्यहि अधिकारलाई प्रयोग गरेर लकडाउन जारी भईरहेको अवस्था हालको हो ।
हाल धनकुटा, ताप्लेजुङ, मुस्ताङ, सप्तरी, र काभ्रे जिल्लामा आंशिक रुपमा मात्र निषेधाज्ञा लगाइएको छ भने ६९ जिल्लामा जिल्लाभर निषेधाज्ञा छ ।